होर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा « Khabarhub

होर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ होर्मुज मार्फत ढुवानी पुनः सुरु गर्न मद्दत गर्न सेना पठाउने विषयमा जापानले अझै निर्णय गरी नसकेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार देखि तेल र ग्यासका लागि महत्वपूर्ण ढुवानी मार्ग मानिने हर्मुज ‘पूर्ण रूपमा खुला’ हुने जनाउदै जलमार्गबाट आवागमन सुनिश्चित गर्न अझै खोजी भइरहेको बताएका छन् । 

ट्रम्पले जापान लगायत विश्वव्यापी सहयोगीहरूलाई स्टेट अफ हर्मुज खोल्न मद्दत गर्न यस क्षेत्रमा युद्धपोत पठाउन दबाब दिएका छन् । 

यस विषयमा हाल सम्म कुनै निर्णय नगरिएको जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीले मङ्गलबार बताए । 

कोइजुमीले सहयोगी अमेरिकासहित सम्बन्धित देशहरूसँग नजिकबाट परामर्श गरी परिस्थितिको सावधानीपूर्वक मूल्याङ्कन र अन्तर्राष्ट्रिय कानूनको आवश्यक उपायहरू बारे विचार गर्न चाहेको बताए ।

 गत अप्रिलमा, सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ सदस्यहरूले युद्ध रोकिएपछि जापानले स्ट्रेट अफ होर्मुजमा अवरोधहरू हटाउन आवश्यक तैनाथी गर्ने विचार गर्नु पर्ने बताएको जनाइएको छ  । 

हाल फ्रान्समा जी सेवेन शिखर सम्मेलनमा सहभागी प्रधानमन्त्री साने ताकाइचीले युद्धविराम सम्झौता पछि जापानसँग विभिन्न विकल्पहरू रहने बताउनु भएको छ ।

यसअघि सन् १९९१ मा भएको खाडी युद्धमा युद्धविराम पछि जापानी सेना माइन–क्लियरेन्स अपरेसनमा संलग्न भएको थियो । 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  २ : ५१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली