नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु « Khabarhub

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दाङ– इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका यहाँका नौ जना स्थानीयले जग्गा खाली गर्न सुरु गरेका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुर र सोही स्थानमा बसोबास गर्दै आएकाबीच यसअघि भएको  छलफलपछि उनीहरू आफैँले जग्गा खाली गर्न थालेका हुन् । कार्यालयले १२ जेठमा १५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न भनेको थियो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका नाममा स्रेस्ता दर्ता कायम भएको कित्ता नं २६८३  को १८६२.४६ वर्गमिटर जग्गामध्ये उत्तरतर्फको दुई कट्ठा जग्गा र सो जग्गामा निर्माण भएका  नौ वटा घर खाली गरिएको छ । स्थानीयका सरसामान इलाका प्रहरी कार्यालयले तोकिएकै स्थानमा सुरक्षित साथ पुर्‍याउन थालेको छ ।  

उक्त स्थानका दुई सुकुम्वासीको बासस्थानको जिम्मा तुल्सीपुर नगरपालिकाले लिएपछि धमाधम संरचना भत्काउन सुरु गरिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए । 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ५ : ०५ बजे

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले