भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’ « Khabarhub

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो भिडियो भाइरल भएपछि स्पष्टीकरण दिएकी छन् ।

 उनले उक्त भिडियो हालको नभई धेरै अघि निजी यात्राका क्रममा खिचिएको बताउँदै आफू चालक नभई यात्रुको रूपमा रहेको स्पष्ट पारेकी हुन् ।

उनले आफ्नो समाजिक सञ्जालमा लेखेकी छन्,’ उक्त भिडियोमा म सवारी साधनको चालक नभई यात्रुको रूपमा यात्रा गरिरहेको अवस्थामा देखिन्छु, जहाँ केही क्षणका लागि कारको झ्यालबाट बाहिर हेर्दै तथा रमाइलो गरिरहेको दृश्य देखाइएको छ।

सबैभन्दा पहिले, उक्त भिडियो हालको नभई धेरै अघि व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो हो । सो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वक निजी समयसँग सम्बन्धित रहेको कुरा स्पष्ट गर्न चाहन्छु ।’

उनका अनुसार भिडियो कुनै सरकारी कार्यक्रम वा सार्वजनिक जिम्मेवारीसँग सम्बन्धित नभई निजी जीवनको सामान्य क्षण मात्र हो । सार्वजनिक पदमा रहे पनि व्यक्तिको निजी जीवनको अधिकार रहने भन्दै उनले गलत व्याख्या नगर्न आग्रह गरेकी छन् ।

साथै, भिडियोमा देखिएको गतिविधिलाई ट्राफिक नियमको सन्दर्भमा आलोचना भए पनि त्यसलाई सचेतनाको रूपमा लिनुपर्ने उनको भनाइ छ । उनले भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउने नगर्ने प्रतिबद्धता जनाउँदै ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ५ : ३६ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६