फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह « Khabarhub

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने फिशिङ लिंकयुक्त एसएमएस र सन्देशप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

पछिल्ला दिनहरूमा मोबाइल नेटवर्क तथा विभिन्न ओटीटी एपमार्फत व्यक्तिगत मोबाइल नम्बरमा निर्देशनसहितका शंकास्पद सन्देश आउने क्रम बढेपछि प्राधिकरणले अत्यावश्यक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार मोबाइल सेवा प्रदायकहरूको नेटवर्क पूर्वाधार तथा ह्वाट्सएपजस्ता ओटीटी एप प्रयोग गरी सर्वसाधारणका मोबाइल नम्बरमा फिशिङ लिंक समावेश गरिएका सन्देशहरू पठाइँदै छन् । यस्ता सन्देशका कारण उपभोक्तामा भ्रम र अन्योलता सिर्जना भएको भन्दै प्राधिकरणमा गुनासोहरू समेत प्राप्त भएका छन् ।

प्राधिकरणले फिशिङ लिंकहरू वास्तविक वेबसाइट वा सेवाजस्तै देखिने भएकाले धेरै प्रयोगकर्ता झुक्किने जोखिम रहेको जनाएको छ । यस्ता लिंकमा क्लिक गर्दा व्यक्तिगत विवरणमा अनधिकृत पहुँच, वित्तीय ठगी, साइबर अपराध तथा अन्य आपराधिक गतिविधिको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ ।

सूचनामा सर्वसाधारणलाई अपरिचित स्रोतबाट प्राप्त हुने शंकास्पद लिंकहरू नखोल्न, क्लिक नगर्न तथा त्यस्ता सन्देशप्रति विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । प्राधिकरणले डिजिटल माध्यममार्फत हुने साइबर ठगीका प्रयास बढ्दै गएकाले सचेतना नै सबैभन्दा प्रभावकारी सुरक्षा उपाय भएको उल्लेख गरेको छ ।

साथै, शंकास्पद सन्देश प्राप्त भएमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा व्यक्तिगत तथा बैंकिङ विवरण कुनै पनि अवस्थामा अपरिचित लिंक वा प्लेटफर्ममा प्रविष्ट नगर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ८ : ५२ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६