विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल « Khabarhub

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा देखिँदै आएको प्रमुख समस्या विद्युत् पोल व्यवस्थापन समाधानका लागि सम्बन्धित निकायबीच सहमति भएको बताएका छन्।

पूर्वाधार विकास मन्त्रालयमा आज आयोजित छलफलमा निर्माण व्यवसायी तथा सरोकारवाला निकायहरूको सहभागितामा विकास निर्माणमा अवरोध सिर्जना गर्ने विद्युत् पोल व्यवस्थापन सम्बन्धी विषयमा महत्वपूर्ण सहमति भएको हो।

छलफलका क्रममा आजदेखि कुनै पनि विकास निर्माण कार्य विद्युत् पोल नसारिएको कारणले अवरुद्ध हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको मन्त्री लम्सालले जानकारी दिए।

उनका अनुसार आगामी दिनहरूमा निर्माण कार्य सुरु हुनुअघि नै आवश्यक सबै विद्युत् पोलहरू स्थानान्तरण गरिसक्ने व्यवस्था मिलाइनेछ। यसका लागि सम्बन्धित निकाय तथा निर्माण व्यवसायी पक्षले मन्त्रालयसमक्ष स्पष्ट प्रतिबद्धता जनाएका छन्।

यस सहमतिसँगै अब विकास निर्माणका कामहरूमा ढिलाइ कम हुने र परियोजनाहरू समयमै सम्पन्न हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ९ : ०२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको