डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान « Khabarhub

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ । मेलामा करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलाको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार साउन महिनामा शनिबार, आइतबार र सोमबार दर्शनार्थीको बढी भीड हुने गरेको छ ।

मेलाको अवधिमा भारतीय पर्यटक मात्रै ६० हजारभन्दा बढी आउने र यस वर्ष भेटी सङ्कलन एक करोडभन्दा बढी हुने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताए ।

दुई करोड ५० लाख लागतमा निर्माण भइरहेको ५० जना क्षमताको वृद्धाश्रम भवन यसै वर्ष पूरा गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । मेला व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरिएको छ । भक्तजनको स्वास्थ्य परीक्षणका लागि नेपाली सेना र नगर अस्पतालसहितका निकायसँग समन्वय गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले मन्दिरमा दर्शनका लागि छुट्टै लाइनको व्यवस्था गरिएको र मेला व्यवस्थापनमा स्थानीय तहले सहयोग गर्ने बताए । मेलालाई सुरक्षित बनाउन डोलेश्वर क्षेत्र र आसपास ५५ वटा सिसी क्यामेरा जडान गरी निगरानी गरिने छ । डोलेश्वर–आशापुरी मन्दिर जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ ।

यसैगरी, साउन महिनामै नजिकै रहेको आशापुरी मन्दिरमा पनि ठूलो मेला लाग्ने छ । आगामी साउन १ गते चाँगुनारायण मन्दिर क्षेत्रबाट कलश यात्रा सुरु गरी डोलेश्वर मन्दिरमा पुर्‍याएर मेलाको उद्घाटन गरिने समितिले जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  १० : ४० बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ