कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा « Khabarhub

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन टुट्ने अवस्थामा पुगेको छ ।

२०८१ साल असारमा भएको आलोपालो गर्ने सहमति अनुसार कोशी प्रदेशमा नेपाली कांग्रेस र एमालेबीच सत्ता गठबन्धन भएको थियो । 

सोही सहमति अनुसार असार मसान्त भित्रै नेतृत्व परिवर्तनको तयारी भइरहेको बेला केन्द्र र अन्य प्रदेशको विवादका कारण कोशी प्रदेशमा गठबन्धन टुट्न लागेको हो । 

नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय संयन्त्रले केन्द्रको निर्णय पर्खने निर्णय भएकाले तत्कालै कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् । 

कांग्रेस कोशी प्रदेशका सभापति एवम् संसदीय दलका नेता उद्धव थापाले एमालेसँगको गठबन्धन अन्त्य भईसकेको भए पनि नयाँ सरकार गठनका लागि एमाले, नेकपा र अन्य दलसँग विकल्पबारे छलफल गरिने जानकारी दिए ।

कोशीका आर्थिक मामिला तथा योजनामन्त्री एवम् एमालेका नेता विदुर कुमार लिङ्थेपले २०८१ साल असारमा कांग्रेससंगको सहमति अनुसार आलोपालो गर्न आफूहरू तयार रहेको भए पनि केन्द्रको निर्णयअनुसार नै अघि बढ्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।

९२ सदस्यीय कोशी प्रदेश सभामा एमालेको उपसभामुख सहित ४०, नेपाली कांग्रेसको २९, नेकपाको १७, राप्रपाको सभामुख सहित ५ र जनता समाजवादी पार्टीका एक जना प्रदेश सांसद रहेका छन् ।

सरकार गठनका लागि कोशी प्रदेशमा ४७ जना सांसदको समर्थन आवश्यक पर्दछ । 

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ५ : २५ बजे

गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो

इङ्लिस किपर पिकफोर्डको पानीको बोतलमा के पढिरहेका थिए मेस्सी ?

काठमाडौं- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले एउटा पानीको बोत्तलमा ध्यानपूर्वक पढिरहेको

उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरुवा

काठमाडौं– न्याय परिषद्ले सयौँ न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी

इरानले अमेरिकी नागरिक डेना करारीलाई रिहा गर्‍यो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि देश छोड्न