विश्वकपमा हारपछि विवादमा बेलिङ्घम, उत्सव मनाइरहेका अर्जेन्टिनी खेलाडीसँग धक्कामुक्का « Khabarhub

विश्वकपमा हारपछि विवादमा बेलिङ्घम, उत्सव मनाइरहेका अर्जेन्टिनी खेलाडीसँग धक्कामुक्का


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

एटलान्टा- फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ को हार बेहोरेपछि इंग्ल्यान्डका स्टार मिडफिल्डर जुड बेलिङ्घम विवादमा तानिएका छन्।

खेल सकिएलगत्तै उनी अर्जेन्टिनाका बेञ्चमा रहेका डिफेन्डर भ्यालेन्टिन बार्कोसँग झडपमा उत्रिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

भिडियोमा बेलिङ्घम अर्जेन्टिनाका खेलाडीहरू उत्सव मनाइरहेका बेला बार्कोतर्फ गएर उनको टाउकोको पछाडि प्रहार गरेको देखिन्छ।

त्यसपछि बार्कोले प्रतिक्रिया जनाउँदा दुवै टोलीका खेलाडीबीच केहीबेर तनाव सिर्जना भएको थियो। अन्य खेलाडीहरूले हस्तक्षेप गरेपछि स्थिति सामान्य बनेको थियो।

घटनाको कारणबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन। केही सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाको उत्सवका क्रममा भएको भनाभनपछि बेलिङ्घमले आवेगमा नियन्त्रण गुमाएका हुन सक्ने अनुमान गरिएको छ।

सेमिफाइनलमा इंग्ल्यान्डले एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो ।

तर पनि अर्जेन्टिनाले अन्तिम समयमा पुनरागमन गर्दै एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोलमा २–१ को जित निकालेर फाइनलमा स्थान बनाएको थियो। कप्तान लियोनल मेस्सीले दुवै गोलका लागि निर्णायक पास दिएका थिए।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ५ : ४४ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म