फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह « Khabarhub

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड्स अर्जेन्टिनाको हो) लेखिएको ब्यानर देखाएको घटनाप्रति बेलायती एक मन्त्रीले फिफालाई यसबारे छानबिन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केइर स्टार्मरको डाउनिङ स्ट्रिट कार्यालयले बिजनेस मन्त्री पिटर काइलको आग्रहलाई समर्थन गरेको छ। यो विश्वकप सेमिफाइनल खेलपछि भएको हो । काइलले मैदानमा राजनीतिक प्रतीक देखाउन निषेध गर्ने फिफा नियमको ‘घोर उल्लङ्घन’ भएको बताए ।

डाउनिङ स्ट्रिटका प्रवक्ताले भने, ‘विश्वकप हाम्रो नहुन सक्छ, तर फकल्याण्ड टापुहरू निश्चित रूपमा हाम्रा हुन्।’

अर्जेन्टिनाले सन् १९८२ मा दक्षिण एटलान्टिकमा रहेको यो बेलायती विदेशी क्षेत्रमा आक्रमण गरेको थियो। तर मार्गरेट थ्याचरको नेतृत्वमा बेलायतले छोटो युद्धपछि टापुहरू पुनः कब्जा गरेको थियो।

काइलले बुधबार एटलान्टामा भएको खेलपछि फिफालाई यो घटनाको छानबिन गर्न आग्रह गरेका छन् । उनले बीबीसीसँग भने, ‘फुटबलबाट राजनीति अलग राख्नुपर्छ। विश्वकपको मुख्य सिद्धान्त नै यो हो। यो अब फिफाको विषय हो । हामीले फिफाले छानबिन गर्ने अपेक्षा गरेका छौँ ।’

फिफाले अहिलेसम्म घटनामा कुनै प्रतिक्रिया दिएको छैन । बेलायतले १९ औँ शताब्दीमा फकल्याण्ड कब्जा गरेको थियो, तर अर्जेन्टिनाले टापुहरूलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।

सन् १९८२ को द्वन्द्वमा ६४९ अर्जेन्टिनी र २५५ बेलायतीको मृत्यु भएको थियो। विश्वकप सेमिफाइनल जितपछि अर्जेन्टिनाका विदेशमन्त्रीले फकल्याण्ड नजिक बेलायती युद्धपोत रहेको भन्दै औपचारिक विरोध दर्ता गरेको बताएका छन् ।

विदेशमन्त्री पाब्लो किर्नोले एक्समा पोस्ट गर्दै अपतटीय गस्ती जहाज ‘एचएमएस मेडवे’को ‘अपरामर्श र अवैध’ यात्राको ‘सबैभन्दा कडा विरोध’ गरेका छन् ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  १० : २३ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म