‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन « Khabarhub

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको आइतबार राति निधन भएको छ। ९३ वर्षीय श्रेष्ठको बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। उनी पछिल्लो समय लामो समयदेखि बिरामी थिए।

विगत ६ दशकदेखि साहित्य सिर्जनामा निरन्तर सक्रिय श्रेष्ठले नेपाल भाषाका साथै नेपालीमा पनि कविता, गीतलगायत विभिन्न विधामा कलम चलाउनुभएको थियो। नेपाल भाषा परिषद्ले उनलाई ‘जनकवि’को उपाधिबाट सम्मानित गरेको थियो।

उनका ‘पिजा’ (१९६७), ‘जी स्वयम्भू त्वथ’ (१९८६), ‘याका फलेचा’ (१९८७), ‘इन्क्लाब्य पलासा’ (१९९१), ‘ट्विस्ट र टर्न’, ‘दुर्गालाल श्रेष्ठका कविताहरू’ (२०००), ‘चिनियाम्हा किसिचा’ (१९६५), ‘तैभाबा’ (१९६६), ‘चिनिया चम्पा’ (१९६७), ‘कुलिकासा’ (१९६७), ‘सालछ्योन्या बेला’ (१९६९), ‘माछाबखाँचा’ (१९९५), ‘सन्ताया कुसा’ (२००१), ‘टपाका’ र ‘जङ्गल कविता’ लगायत प्रसिद्ध कृति प्रकाशित छन्।

यस्तै उनले रचना गर्नुभएका ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ र ‘फूलको आँखामा फूलै संसार’जस्ता गीत चर्चित छन्।

साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवालीले श्रेष्ठको निधनले नेपाली साहित्य र संस्कृति क्षेत्रले एक महान् स्रष्टा गुमाएको बताएका छन्।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ११ : ०९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु