वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह « Khabarhub

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीद्वारा आज जारी सूचनाका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइनेछ ।

त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

इलामको मेची राजमार्ग इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि तथा सोही गाउँपालिका–२ लिपीङमा सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको पासाङ ल्हामु सडकखण्ड उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि अवरुद्ध भएको छ । त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी जाने सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।

रुकुम पश्चिमको भेरी करिडोर आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । 

उक्त सडकखण्डले जाजरकोट–डोल्पा जोड्छ । त्यस्तै, सङ्खुवासभाको कोशी राजमार्ग भोटखोला गाउँपालिका–३ सिरेकडाँडामा करिब १० मिटर सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । 

वर्षाका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डमा सडक भासिएको प्रहरीले जनाएको छ । लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा सडक माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात ठप्प भएको हो । यसैगरी, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड अन्नपूर्ण गाउँपालिका–३ रुक्सेमा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण पहाडी तथा हिमाली जिल्लाका सडकमा पहिरो, सडक भासिने तथा नदी कटानको जोखिम बढेकाले प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त सडकखण्डमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । 
 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ११ : ४६ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि