ललितपुरमा चिकित्सकसहित एम्बुलेन्स सेवा, १५ मिनेटमै बिरामीकहाँ पुग्ने « Khabarhub

ललितपुरमा चिकित्सकसहित एम्बुलेन्स सेवा, १५ मिनेटमै बिरामीकहाँ पुग्ने


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र घरमै पुगेर चिकित्सकसहितको एम्बुलेन्स सेवा प्रवाह गर्ने भएको छ । 

एम्बुलेन्समा अक्सिजन, एम्बुब्याग, आकस्मिक औषधिहरू, भेन्टिलेटर सहितको व्यवस्थापन गरिएको छ ।

यो सेवाका लागि महानगरले हाल पाँच एम्बुलेन्ससँगै चिकित्सक एवं स्वास्थ्यकर्मीसहित अत्यावश्यक मेडिसिन र उपकरणहरूको व्यवस्थापन गरेको छ । 

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन भने, ‘प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्‍याउने गरी कार्य सञ्चालन प्रणालीको सुरुआत गरेका छौँ । सूचना पाएको १५ मिनेटभित्र टोली बिरामीकहाँ पुग्दछन् । सेवा प्रदान गर्दछन् । तत्काल अस्पताल लैजानु परेमा सहयोग समेत गर्दछन् ।’

प्रमुख महर्जनले सिटिनेटको सदस्यका रुपमा भ्रमणमा जाँदा फिलिपिन्सको माकाटीमा यस्तो किसिमको सेवा प्रवाह गरेको र त्यहाँ सफल भएको देखेपछि यहाँ पनि लागू गर्न प्रयास गरेको जानकारी दिए । 

‘कार्यविधि निर्माण गरेर यो सेवा सुरूआत गरेका छौँ, पैसा भएर, जनशक्ति भएर मात्रै यो काम सम्भव भएको हैन, सिक्ने र व्यवहारमा उतार्ने प्रयासअन्तर्गत हामीले हरेक क्षेत्रमा नयाँ नयाँ काम गरिरहेका छौँ ।’ महानगरप्रमुख महर्जनले भने । 

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सो कार्यको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको कार्य गौरवयोग्य रहेको बताएकी छन् । 

उनले स्वास्थ्य क्षेत्रमा संसारका केही देशले मात्रै लागू गर्न सकेको सेवा ललितपुर महानगरले  गर्न सक्नु अत्यन्तै खुसी र राष्ट्रिय गौरवको कुरा भएको बताएकी हुन्  । 

‘स्वास्थ्य क्षेत्रमा ललितपुर महानगरको यो उदाहरणीय काम संसारमा केही देशले मात्रै अवलम्बन गर्न सकेका छन्,  यो सराहनीय नयाँ काम सुरु गरेकोमा बधाई भन्न चाहन्छु । नागरिकलाई कसरी सेवा दिन सकिन्छ भनेर सोच्दै गर्ने हरेक काममा सहजीकरण गर्नेछौँ ।’ मन्त्री मेहताले भनिन् । 

उनले एम्बुलेन्स सेवा केबल एउटा सामान्य सेवा हैन भन्दै त्यसमा पनि डाक्टर, मेडिकल उपकरणसहित सेवा दिनु अत्यन्तै महत्त्वपूर्ण र कठिन कार्य भएको धारणा राखिन् । 

प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले ललितपुर महानगरपालिकाले सुरु गरेको यो स्वास्थ्यसम्बन्धी सेवा देशभरिकै स्थानीय सरकारमध्ये अनुकरणीय र नयाँ कार्य भएको बताइन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा नवीसमान सिंह प्रधानले यो कार्य सुरु हुनु सकारात्मक अत्यन्तै सराहनीय भएको धारणा राख्दै भेन्टिलेटर र चिकित्सक सहितको एम्बुलेन्स नयाँ कामले अस्पताल पूर्वको निःशुल्क सेवाले महानगरवासीलाई लाभान्वित गराउने बताए ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १२ : ५७ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष