पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु « Khabarhub

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

प्रहरीका अनुसार राजधानी कोलकाताबाट करिब २२० किलोमिटर उत्तरमा पर्ने बिरभूम जिल्लाको तारापीठस्थित चारतले होटलको भुइँतल्लामा बिहान सबेरै आगलागी सुरु भएको थियो । 

प्रहरी अधिकारीका अनुसार भुइँतल्लाको रिसेप्सनमा प्रयोग गरिएका फल्स सिलिङ, फाइबरग्लास तथा अन्य ज्वलनशील सामग्री जलेर निस्किएको विषाक्त धुवाँका कारण अधिकांशको मृत्यु भएको हो ।

आगलागी हुँदा होटलका अधिकांश पाहुना निद्रामा थिए । आगो लागेपछि ब्युँझिएका पाहुनाहरू अन्योलमा परेका र बाहिर निस्कने बाटो पहिल्याउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

सूचना प्राप्त भएलगत्तै प्रहरी तथा दमकलकर्मी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिनुका साथै होटलभित्र रहेका मानिसको उद्धार गरेका थिए ।

मृतकमध्ये केही तारापीठस्थित हिन्दु मन्दिरमा पूजाका लागि आएका तीर्थयात्री रहेको अधिकारीहरूले बताएका छन् ।

आगलागी माथिल्ला तलासम्म तीव्र रूपमा फैलिएपछि ठूलो क्षति भएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक विवरणमा सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १ : १९ बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका