शाहरुख खानपछि रानी मुखर्जीलाई ला ट्रोब विश्वविद्यालयबाट मानार्थ डक्टरेट « Khabarhub

शाहरुख खानपछि रानी मुखर्जीलाई ला ट्रोब विश्वविद्यालयबाट मानार्थ डक्टरेट


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड अभिनेत्री रानी मुखर्जीको सफल फिल्मी यात्रामा अर्को प्रतिष्ठित उपलब्धि थपिएको छ । अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले उनलाई मानार्थ ‘डक्टर अफ लेटर्स’ उपाधिबाट सम्मान गरेको छ ।

यो सम्मान पाउने उनी विश्वविद्यालयबाट सम्मानित हुने दोस्रो भारतीय फिल्म व्यक्तित्व बनेकी छन् । यसअघि अभिनेता शाहरुख खानले सन् २०१९ मा ला ट्रोबबाट मानार्थ डक्टरेट पाएका थिए ।

करिब तीन दशक लामो फिल्मी करियरमा रानीले अभिनयसँगै सामाजिक विषयलाई पनि प्राथमिकता दिँदै आएकी छन् ।

महिला सशक्तीकरण, सामाजिक समस्या र महिलाका महत्वपूर्ण मुद्दालाई उठाउने फिल्म तथा पात्रमार्फत उनले दर्शकको ध्यान खिचेकी छन्। यही योगदान र मानवीय क्षेत्रमा पुर्‍याएको प्रभावलाई सम्मान गर्दै विश्वविद्यालयले उनलाई यो उपाधि दिएको हो।

सम्मान प्राप्त गरेपछि रानीले यो आफ्नो जीवनकै निकै विशेष क्षण भएको बताएकी छन्। आफूले फिल्म छनोट गर्दा मनोरञ्जन मात्र नभई मन छुने, प्रभाव पार्ने र मानिसलाई प्रेरित तथा सशक्त बनाउने कथालाई प्राथमिकता दिने गरेको उनको भनाइ छ ।

रानीले कलाकारको जिम्मेवारी पर्दामा अभिनय गर्नेमै सीमित नहुने पनि बताएकी छन् । अन्तर्राष्ट्रिय मञ्चमा भारतीय फिल्म र संस्कृतिको प्रतिनिधित्व गर्दा कलाकारहरू आफ्नो देशका सांस्कृतिक दूत बन्ने उनको धारणा छ ।

आफ्ना फिल्मले दर्शकलाई भारत र भारतीय महिलालाई बुझ्न थोरै भए पनि सहयोग गरेको भए त्यसलाई आफूले ठूलो उपलब्धि मान्ने उनले बताएकी छन् ।

रानीलाई प्रदान गरिएको यो सम्मान उनको अभिनय क्षमताको मात्र कदर नभई भारतीय सिनेमा, सामाजिक विषय र महिला केन्द्रित कथामा उनले पुर्‍याएको योगदानको अन्तर्राष्ट्रिय सम्मानका रूपमा हेरिएको छ ।

शाहरुखपछि ला ट्रोबबाट यस्तो सम्मान पाउने रानीको उपलब्धिले उनको लामो फिल्मी यात्रामा अर्को महत्वपूर्ण अध्याय थपेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १ : ३९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको