गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला « Khabarhub

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।  

सोमबार काठमाडौंमा संस्थापनइत्तर समूहले आयोजना गरेको चियापान कार्यक्रममा नेता कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन र दुवै पक्षबीच सकारात्मक संवाद गराउन आफू मध्यस्थता गर्न तयार रहेको धारणा राखेका हुन् ।

उनले वर्तमानमा विवाद र असहमतिहरू देखिए पनि पार्टीका शीर्ष नेतृत्व र समूहहरू अन्ततः मिल्नुको विकल्प नरहेको र सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले बीपी कोइराला र प्रदीप गिरिका पालामा विचार र आदर्शमा आधारित सैद्धान्तिक बहस हुने गरेको स्मरण गर्दै हालको राजनीतिमा गाली–गलौज र भाषाको स्तर गिरेको भन्दै चिन्ता व्यक्त गरे ।  

संस्थापनइत्तर समूहले आयोजना गरेको राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न भएको र कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देश प्रवाह भएको धारणा राखे । 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  २ : २२ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष