परराष्ट्रले अर्थमा पठायो ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ « Khabarhub

परराष्ट्रले अर्थमा पठायो ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा शव फिर्तीसम्बन्धी कार्यविधि गत साता रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ । 

परराष्ट्र मन्त्रालयले विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार तथा घर फिर्ती र शव फिर्तीका लागि विनियोजित रकम खर्च गर्ने सम्बन्धमा पहिलोपटक ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार तथा घर फिर्ती र शव फिर्तीका लागि विनियोजित रकम खर्च गर्ने कार्यविधि-२०८३’ तयार गरेको हो । 

परराष्ट्र मन्त्रालयका अनुसार उक्त कार्यविधिमाथि रायसुझावका लागि गत साता अर्थ मन्त्रालयमा पठाइसकिएको छ । 

तर, प्रतिनिधिसभाको सोमबारको बैठकमा विदेशमा समस्यामा परेका नेपालीको उद्धार तथा शव फिर्तीका लागि आवश्यक कार्यविधि हालसम्म परराष्ट्र मन्त्रालयले बनाउन नसकेको विषय उठेको थियो । 

अर्थ मन्त्रालयको राय प्राप्त भएपछि कार्यविधिलाई आवश्यक प्रक्रियासहित अघि बढाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

कार्यविधिमा श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका वा भिजिट भिसामा गई रोजगारीमा संलग्न भएका नेपाली नागरिक सडक दुर्घटनामा परी अङ्गभङ्ग वा अशक्त भएका, कोमामा उपचाररत रहेका तथा विद्यार्थी भिसामा गई विभिन्न समस्यामा परेका नागरिकलाई नेपाल ल्याउने विषय समेटिएको छ ।

त्यसैगरी, विभिन्न देशमा जाने क्रममा ट्रान्जिटमा समस्या परी अलपत्र परेका तथा अन्य कारणले विदेशमा समस्यामा परेका नेपाली नागरिकको आकस्मिक उद्धार गरी नेपाल पठाउने र अलपत्र परेका शव नेपाल ल्याउने विषयलाई पनि कार्यविधिले समेटेको छ । 

कार्यविधि स्वीकृत भएपछि आकस्मिक उद्धार तथा शव फिर्तीका लागि विनियोजित बजेटबाट आवश्यक काम अघि बढाउन सहज हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ४ : ५१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५