लुम्बिनीका मुख्यमन्त्री चेतनारायणले पाए विश्वासको मत : पक्षमा ४५, विपक्षमा २६ मत « Khabarhub

लुम्बिनीका मुख्यमन्त्री चेतनारायणले पाए विश्वासको मत : पक्षमा ४५, विपक्षमा २६ मत


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । 

सोमबार लुम्बिनी प्रदेशसभा बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा आचार्यले विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री आचार्यको विश्वासको मतको पक्षमा ४५ मत र बिपक्षमा २६ मत परेको थियो । 

मुख्यमन्त्री आचार्यको विश्वासको मतको पक्षमा परेको मत प्रदेशसभामा कायम सदस्य संख्याको बहुमत भएकाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले घोषणा गरे । 

मुख्यमन्त्री आचार्यलाई एमाले, नेकपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालका सांसदहरुले विश्वासको मत दिएका हुन् भने कांग्रेस र जनमतका सांसदले बिपक्षमा मत दिएका थिए । 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ५ : ०१ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो