लुम्बिनीका मुख्यमन्त्री चेतनारायणले पाए विश्वासको मत : पक्षमा ४५, विपक्षमा २६ मत « Khabarhub

लुम्बिनीका मुख्यमन्त्री चेतनारायणले पाए विश्वासको मत : पक्षमा ४५, विपक्षमा २६ मत


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । 

सोमबार लुम्बिनी प्रदेशसभा बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा आचार्यले विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री आचार्यको विश्वासको मतको पक्षमा ४५ मत र बिपक्षमा २६ मत परेको थियो । 

मुख्यमन्त्री आचार्यको विश्वासको मतको पक्षमा परेको मत प्रदेशसभामा कायम सदस्य संख्याको बहुमत भएकाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले घोषणा गरे । 

मुख्यमन्त्री आचार्यलाई एमाले, नेकपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालका सांसदहरुले विश्वासको मत दिएका हुन् भने कांग्रेस र जनमतका सांसदले बिपक्षमा मत दिएका थिए । 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ५ : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु