रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’ « Khabarhub

रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचन केन्द्रीत क्यान्डिडेट क्लबको घोषणा गरेको छ ।

सोमबार पार्टी कार्यालय बनस्थलीमा आयोजित एक कार्यक्रमकाबीच रास्वपा सभापति रवि लामिछानले क्यान्डिडेट क्लबको शुभारम्भ गरेका हुन् ।

आगामी स्थानीय तहका उम्मेदवार छनोट गर्न क्यान्डिडेट क्लबको अवधारणा ल्याइएको सभापति लामिछानेले बताए ।

आगामी स्थानीय तहमा उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा अनलाइनमार्फत आवेदन दिन सक्ने र आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट गरिने उनको भनाइ छ ।

सभापति लामिछानेले नेपाली राजनीतिमा योग्यता प्रणाली स्थापित गर्न र सक्षम नेतृत्व उत्पादन गर्न ’क्यान्डिडेट क्लब’ र ’लिडरसिप एकेडेमी’ को अवधारणा ल्याइएको बताए ।

उम्मेदवार बन्न चाहने व्यक्तिको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक झमेला भए/नभएको परीक्षण गरेर मात्र योग्य व्यक्तिलाई अघि सार्ने व्यवस्था रास्वपाले गरेको उनले बताए ।

उनले नयाँ पार्टीका रूपमा आएका गुनासा र प्रतिक्रियाहरूलाई आत्मसाथ गर्दै पार्टी र मुलुकलाई सही ढंगले अगाडि बढाउने र नागरिकको विश्वास खेर जान नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।

चर्चित वा लोकप्रिय भएर चुनाव जित्नु मात्र पर्याप्त नहुने भएकाले सम्बन्धित तहको काम, कर्तव्य, अधिकार र कानुनबारे आधारभूत ज्ञान दिलाउन प्रशिक्षण दिइने समेत लामिछानेले बताए ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ७ : २६ बजे

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११:०० बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु