सर्वोच्चको आदेशपछि पनि किशोर श्रेष्ठमाथि प्रहरीको बलजफ्ती, बयान नसकिएको भन्दै हिरासतमै लाने कोसिस « Khabarhub

सर्वोच्चको आदेशपछि पनि किशोर श्रेष्ठमाथि प्रहरीको बलजफ्ती, बयान नसकिएको भन्दै हिरासतमै लाने कोसिस


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले हाजिर जमानीमा रिहा गर्न आदेश दिए पनि जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक किशोर श्रेष्ठमाथि प्रहरीले फेरि बलजफ्ती गरिरहेको छ।

सर्वोच्चको आदेशमा रिहाइ प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा वकिल र पत्रकारसहित पुगेका श्रेष्ठमाथि प्रहरीले फेरि धरपकड गरेको हो।

सर्वोच्चले हाजिर जमानीमा छाडेर वा तारिखमा राखी मुद्दाको अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंका नाममा परमादेश जारी गरे पनि उनीमाथि फेरि धरपकड कोसिस भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिइसकेको छ।

श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंले व्यक्तिगत गोपनीयता उल्लंघनसम्बन्धी जाहेरीका आधारमा पक्राउ गरी हिरासतमा राखेको थियो। त्यसविरुद्ध श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्।

तर अहिले जिल्ला प्रहरी परिसरमा पुगेका श्रेष्ठमाथि त्यहाँको प्रहरीले धरपकड गर्दै हिरासतमा राख्ने कोसिस गरेको हो । उनको बयान अझै नसकिएको भन्दै प्रहरीले फेरि हिरासतमा राख्न खोज्दा पत्रकार र वकिलले प्रतिकार गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ८ : ०२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५