किशोर श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरले दिइन् प्रहरीमा जाहेरी « Khabarhub

किशोर श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरले दिइन् प्रहरीमा जाहेरी


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएकी हुन्।

ललितपुरका एसएसपी तुलबहादुर कार्कीले उपसभामुखबाट जाहेरी आएको पुष्टि गर्दै प्रहरीले घटनाबारे अध्ययन गरिरहेको जानकारी दिए। ‘जाहेरी आएको छ, हामी अध्ययन गर्दैछौँ,’ उनले भने।

जनआस्थामा केही दिनअघि प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा तथा सामाजिक मर्यादामा असर पुर्‍याएको ठाकुरको दाबी छ। उक्त सामग्रीलाई लिएर उनले श्रेष्ठमाथि कानुनी कारबाहीको माग गरेकी छन्।

यसअघि सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशन गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिएको थियाे । साउन २५ गते जनआस्था डटकममा चौधरीसँग एक युवतीको तस्बिरसहित सामग्री प्रकाशित भएपछि श्रेष्ठ पक्राउ परेका थिए ।

उक्त घटनामा दिपिका सिंहले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन् । सोही प्रकरणमा अनुसन्धानका क्रममा पक्राउ परेका श्रेष्ठ बन्दी प्रत्यक्षीकरणको रिटपछि सर्वोच्चको आदेशमा रिहा भएका हुन्।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ८ : २४ बजे

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको