रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू) « Khabarhub

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार राति ९ बजे जिल्ला प्रहरी परिसरबाट रिहा भएका छन् । रिहा भएपछि श्रेष्ठले आफूलाई विरोध र आलोचनाको स्वर दबाउन पक्राउ गरेर गलाउन खोजिएको बताएका छन् ।

श्रेष्ठले आफू हिरासतमा रहँदा कानुन व्यवसायीसँग समेत भेट्न नदिइएको गुनासो गरेका छन् । उनले पछिल्लो घटनालाई आफूले लेख्दै आएको समाचार र आलोचनात्मक पत्रकारितामाथिको दबाबका रूपमा व्याख्या गरेका छन् ।

यसअघि श्रेष्ठविरुद्ध जनआस्थामा प्रकाशित एक सामग्रीलाई लिएर वैयक्तिक गोपनीयता उल्लङ्घनको जाहेरी परेको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको थियो। तर सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा सम्पादक वा प्रकाशकलाई थुनामा राखिरहनुपर्ने अवस्था नदेखिएको भन्दै उनलाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

अदालतले सार्वजनिक व्यक्तिले सामाजिक सञ्जालमा आफैँ सार्वजनिक गरेको सामग्री सञ्चारमाध्यमले प्रकाशन गरेको विषयलाई मात्र आधार बनाएर फौजदारी कसुरको रूप दिन नमिल्ने व्याख्या गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ९ : ५८ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट