बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू) « Khabarhub

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले सञ्चालन गरेको विश्वकर्मा बाबा मन्दिरमा विशेष पूजा आराधना सम्पन्न भएको छ । 

विश्वकर्मा पूजाका अवसरमा देशभर रहेका विश्वकर्मा बाबा मन्दिरहरूमा पूजा भइरहेको भए पनि मैनाबगरस्थित विश्वकर्मा बाबा मन्दिर नेपालकै ठूलो विश्वकर्मा मन्दिरका रूपमा रहेको एसोसिएसनले जनाएको छ।

मन्दिरमा मात्रै बुधबार १५ सयभन्दा बढी सवारी साधनले पूजा गरेको बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका कार्यसमितिका गणेश तिमिल्सिनाले बताए । 

विश्वकर्मा पूजाकै अवसरमा मैनाबगर अटो भिलेज क्षेत्रका व्यवसायीहरूले पनि आफ्ना व्यावसायिक प्रतिष्ठानमा विश्वकर्मा भगवान्को पूजा गरेका छन् ।  

अटो व्यवसायसँग जोडिएका व्यवसायी, मेकानिक तथा श्रमिकहरूले आफ्ना औजार, मेसिनरी सामग्री र व्यावसायिक उपकरणको पूजा गर्दै विश्वकर्मा दिवस मनाएका हुन्।

अटो क्षेत्रका व्यवसायीहरूका लागि विशेष महत्त्व राख्ने यस पर्वमा मैनाबगर क्षेत्रमा बिहानैदेखि चहलपहल देखिएको थियो। व्यवसायीहरूले परम्परागत रूपमा भगवान् विश्वकर्माको पूजा गर्दै व्यवसायको उन्नति र समृद्धिको कामना गरेका थिए ।

तस्बिर : प्रदीप आचार्य, बुटवल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ११ : ३२ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा