बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू) « Khabarhub

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले सञ्चालन गरेको विश्वकर्मा बाबा मन्दिरमा विशेष पूजा आराधना सम्पन्न भएको छ । 

विश्वकर्मा पूजाका अवसरमा देशभर रहेका विश्वकर्मा बाबा मन्दिरहरूमा पूजा भइरहेको भए पनि मैनाबगरस्थित विश्वकर्मा बाबा मन्दिर नेपालकै ठूलो विश्वकर्मा मन्दिरका रूपमा रहेको एसोसिएसनले जनाएको छ।

मन्दिरमा मात्रै बुधबार १५ सयभन्दा बढी सवारी साधनले पूजा गरेको बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका कार्यसमितिका गणेश तिमिल्सिनाले बताए । 

विश्वकर्मा पूजाकै अवसरमा मैनाबगर अटो भिलेज क्षेत्रका व्यवसायीहरूले पनि आफ्ना व्यावसायिक प्रतिष्ठानमा विश्वकर्मा भगवान्को पूजा गरेका छन् ।  

अटो व्यवसायसँग जोडिएका व्यवसायी, मेकानिक तथा श्रमिकहरूले आफ्ना औजार, मेसिनरी सामग्री र व्यावसायिक उपकरणको पूजा गर्दै विश्वकर्मा दिवस मनाएका हुन्।

अटो क्षेत्रका व्यवसायीहरूका लागि विशेष महत्त्व राख्ने यस पर्वमा मैनाबगर क्षेत्रमा बिहानैदेखि चहलपहल देखिएको थियो। व्यवसायीहरूले परम्परागत रूपमा भगवान् विश्वकर्माको पूजा गर्दै व्यवसायको उन्नति र समृद्धिको कामना गरेका थिए ।

तस्बिर : प्रदीप आचार्य, बुटवल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ११ : ३२ बजे

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले