नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा  « Khabarhub

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस चालक तथा बस धनीहरूले आ–आफ्ना सवारीसाधनको पूजा गरेका छन् ।

सवारीसाधन, मेसिन तथा औजारका देवताका रूपमा विश्वकर्मालाई पूजा गर्ने परम्पराअनुसार चालक तथा व्यवसायीहरूले बिहानै बस सफा गरी फूलमाला, अक्षता, टीका तथा प्रसाद चढाएर पूजा गरेका हुन् । 

सवारीसाधन सुरक्षित रहोस्, यात्रामा कुनै दुर्घटना नहोस् र व्यवसायमा सफलता मिलोस् भन्ने कामनासहित पूजा गरिएको छ ।

विश्वकर्मा पूजाका कारण नयाँ बसपार्क क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको थियो । विभिन्न वर्कसप, ग्यारेज तथा यातायात क्षेत्रमा समेत विशेष पूजा तथा धार्मिक विधि सम्पन्न गरिएको छ । 

नेपालमा विश्वकर्मा पूजा विशेषगरी यातायात, उद्योग, कलकारखाना तथा प्राविधिक क्षेत्रमा संलग्न व्यक्तिहरूले श्रद्धापूर्वक मनाउने गर्दछन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ११ : ४० बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा