अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा « Khabarhub

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकी भिसा दिन अस्वीकार गरेको छ । 

प्यालेस्टिनी मुक्ति संगठन (पीएलओ) का सदस्य र प्यालेस्टिनी प्राधिकरणका अधिकारीलाई समेत भिसा नदिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयले पीएलओ र प्यालेस्टिनी प्राधिकरणले अमेरिकाप्रतिको प्रतिबद्धता तथा शान्ति प्रक्रियाको सम्भावना कमजोर पार्ने गतिविधि सुधार गर्न असफल भएको आरोप लगाएको छ । 

मन्त्रालयले अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालतमार्फत वार्ताको सट्टा कानूनी प्रक्रिया अघि बढाउने, एकपक्षीय रूपमा प्यालेस्टिनी राज्यको मान्यता खोज्ने तथा आतंकवादको महिमामण्डन गर्ने गरेको पनि आरोप लगाएको छ ।

ट्रम्प प्रशासनले गत वर्ष पनि अब्बासलाई भिसा दिएको थिएन । त्यसपछि उनले महासभालाई प्रत्यक्ष उपस्थित भएर सम्बोधन गर्न नपाई भिडियोमार्फत सम्बोधन गरेका थिए ।

अमेरिकाको पछिल्लो निर्णय फ्रान्सलगायत मुलुकले प्यालेस्टिनी राज्यलाई मान्यता दिने तयारी गरिरहेका बेला आएको हो । फ्रान्स र साउदी अरेबियाको सहअध्यक्षतामा भएको दुई–राज्य समाधानसम्बन्धी सम्मेलनपछि राष्ट्रसङ्घका १४२ सदस्य राष्ट्रले प्यालेस्टिनी राज्यलाई समर्थन गरेका थिए ।

सन् २०२३ अक्टोबर ७ यता पश्चिम किनारामा इजरायली सैनिक वा बासिन्दाको कारबाहीमा कम्तीमा एक हजार १०९ प्यालेस्टिनी मारिएको एएफपीले जनाएको छ । सोही दिन हमास नेतृत्वको आक्रमणमा इजरायलमा एक हजार दुई सयभन्दा बढी मानिस मारिएका थिए । 

त्यसपछि गाजामा जारी इजरायली सैन्य कारबाहीमा ७३ हजार सात सयभन्दा बढी मानिस मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टिनी क्षेत्रमा बढ्दो हिंसाप्रति अन्तर्राष्ट्रिय समुदायले निरन्तर चिन्ता व्यक्त गर्दै आएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  १२ : ४७ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष