ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै « Khabarhub

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ । त्यसक्षेत्रको संरक्षणसँगै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पूर्वाधार निर्माणको काम अघि बढाइएको हो ।

पर्यटकको सुविधाका लागि रेलिङसहितको पदमार्ग, विश्रामस्थललगायत आवश्यक संरचना निर्माण गरिएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए ।

स्थानीयस्तरमा रहेका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । ऐतिहासिक महत्त्व बोकेको दुङमागढीको विकास तथा संरक्षणमा पालिकाले जोड दिइरहेको अध्यक्ष राईको भनाइ छ ।

‘दुङमागढी एउटा ऐतिहासिक स्थल हो’, अध्यक्ष राईले भने, ‘यो हाम्रो गाउँपालिकाको पहिचान पनि हो । यसको संरक्षणसँगै पर्यटनसँग जोड्ने लक्ष्य स्थानीय सरकारले लिएको छ ।’

यस्तै, गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले पर्यटकीय सम्भावना बोकेका ठाउँको पहिचान र पूर्वाधार विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताइन् । त्यस गढी पर्यटकीय सम्भावना रहेकाले प्रचारप्रसारमा ध्यान दिइएको उनले जानकारी दिइन् ।

‘दुङमागढीमा पर्यटकको आगमन बढाउन सकिए स्थानीयस्तरमा रोजगार सिर्जनासँगै गाउँको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने देखिन्छ’, उपाध्यक्ष राईले भनिन्, ‘यो क्षेत्रको विकासका लागि न्यूनतम पूर्वाधार निर्माणका साथै प्रचारप्रसारलाई पनि तीव्रता दिएको छौँ ।’

प्राकृतिक सुन्दरताले भरिपूर्ण दुङमागढी क्षेत्रमा पछिल्लो समय वनभोज र मनोरम दृश्य अवलोकन गर्ने मानिसको उपस्थिति बढ्दै गएको छ । 

त्यसक्षेत्रबाट देखिने सुन्दर हिमशृङ्खलासँगै समथर फाँटले आगन्तुकको मन लोभ्याउने गरेकामा पूर्वाधार निर्माणपछि अझ बढी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेको स्थानीयको भनाइ छ  ।
 

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  १ : २८ बजे

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक