चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा « Khabarhub

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ ।

 ‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर निर्माण हुने स्तरको प्रभाव चन्द्रमामा करिब एक शताब्दीमा एक पटक वा त्योभन्दा लामो अन्तरालमा मात्र हुने वैज्ञानिकहरूले अनुमान गरेका छन् ।

नासाका अनुसार सन् २०२४ को वसन्तमा चन्द्रमासँग ठोक्किएको धूमकेतु वा क्षुद्रग्रहका कारण क्रेटर बनेको हो । तीनदेखि छ तले भवनजत्रो वस्तु ठोक्किँदा बनेको अनुमान गरिएको यो क्रेटर नासाको लुनार रिकोनिसन्स अर्बिटर (एलआरओ) का अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नयाँ तस्बिर तथा स्क्यान अध्ययन गर्ने क्रममा पत्ता लगाएका हुन् ।

सन् २००९ देखि चन्द्रमाको अध्ययन गरिरहेको एलआरओले उक्त क्षेत्रलाई ‘अँध्यारो प्रभामण्डलले घेरिएको ठूलो उज्यालो क्षेत्र’ का रूपमा देखाएको थियो । साइन्स एडभान्सेस जर्नलमा प्रकाशित अध्ययनले म्याकगेचिनलाई सौर्यमण्डलमा अहिलेसम्म पहिचान गरिएको सबैभन्दा ठूलो नयाँ क्रेटर भनेको छ ।

वैज्ञानिकहरूका अनुसार हालै बनेको क्रेटरको अध्ययनबाट चन्द्रमाको भूगर्भीय संरचना र क्रेटर निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सकिनेछ । यसले भविष्यका चालकदलसहितका चन्द्र अभियानको तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

संयुक्त राज्य अमेरिका र चीन दुवैले चन्द्रमामा मानव अभियान सञ्चालन गर्ने योजना अघि बढाइरहेका छन् । पृथ्वीमा जस्तो बाक्लो वायुमण्डल नभएकाले चन्द्रमामा अन्तरिक्षबाट आउने धूमकेतु, क्षुद्रग्रह वा अन्य भग्नावशेष उच्च गतिमै सतहमा ठोक्किन्छन् । 

त्यसैले त्यहाँ यस्ता प्रभावबाट नयाँ क्रेटर बन्ने गर्छन् ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  २ : ४९ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा