एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने « Khabarhub

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकन कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ ।

ब्याटिङ अलराउन्ड उनी सन् २०२१ देखि श्रीलंकान टोलीको नियमित सदस्य छन् ।

असलंकाले सन् २०२१ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा असलंकाले हालसम्म ७७ खेलमा १ हजार ४६६ रन बनाउँदा सात विकेट पनि लिएका छन् । समग्र टी–२० क्रिकेटमा उनले १८५ खेलबाट ३ हजार ७१५ रन र ३७ विकेट आफ्नो नाममा गराएका छन् ।

सन् २०२४ देखि सीमित ओभरमा श्रीलंकाको नेतृत्व गरिरहेका असलंकाले आफ्नो अन्तर्राष्ट्रिय अनुभवसँगै नेतृत्व क्षमता पनि प्रदर्शन गरेका छन् ।

विराटनगरले असलंकाको आगमनले टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ ।

‘चरिथ असलंकाजस्ता अनुभवी खेलाडीलाई टोलीमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौँ । उनको अन्तर्राष्ट्रिय अनुभव, आक्रामक ब्याटिङ र नेतृत्व क्षमताले एनपीएलको तेस्रो सिजनमा टोलीलाई थप ऊर्जा प्रदान गर्नेछ,’ विराटनगरले भनेको छ ।

विराटनगर किंग्समा आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै असलंकाले नेपालमा खेल्न उत्साहित रहेको बताए ।

‘नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा विराटनगर किंग्सको प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु । नेपालमा क्रिकेटप्रतिको जुन उत्साह, माया र समर्थन छ, त्यसको बारेमा मैले धेरै सुनेको छु । अब आफैँ नेपाल आएर नेपाली क्रिकेट समर्थकहरूसँग त्यो अनुभव साझा गर्न म आतुर छु,’ असलंकाले भनेका छन् ।

असलंकासँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), इन्टरनेसनल लिग टी–२० जस्ता फ्रेन्चाइज प्रतियोगिताको अनुभव छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ९ : ३४ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा