अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ « Khabarhub

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म कैदको फैसला सुनाइएको छ।

बाजुरा जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनको सुनुवाइपछि बिहीबार थुनामा रहेका ७ जना मध्ये ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो।

यही मुद्दामा प्रतिवादी बनाइएका १८ जनाले सफाइ पाएका छन्।

अदालतले पुर्पक्षका लागि थुनामा रहेका धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी र जीवन अयडीलाई जन्म कैदको फैसला सुनाएको हो।

उनीहरूसँगै चारवर्षदेखि पुर्पक्षका क्रममा थुनामा रहेका पदम अयडी भने छुट्ने भएका छन्।

सफाइ पाउनेमा मंगल भन्ने मदन बहादुर अयडी, निरज बहादुर अयडी, नरबहादुर अयडी, उद्धव बहादुर अयडी, रतन बहादुर अयडी, अनिता रौले अयडी, मोहन बहादुर अयडी, नवीन बहादुर अयडी, ईश्वरी देवी अयडी, धनादेवी अयडी र नरेश बहादुर अयडी रहेका छन्। उनीहरु यसअघि धरौटीमा रिहा भएका थिए।

साधारण तारिखमा रहेका भूपाल अयडी, चक्र अयडी, रुपा चौधरी अयडी, जुद्ध अयडी, रनसिंह बहादुर अयडी र विनोद अयडीले पनि सफाइ पाएका हुन्।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको क्रममा बाजुराकै कैलाशमाडौमा चेलनको हत्या भएको थियो।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेतासमेत रहेका चेतनलाई निर्वाचनको बेला यी प्रतिवादीहरूले घर घेराहालेर कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका चेतनको मृत्यु भएको थियो। घटना लगतै प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

अभियोगमा ६ जनालाई आजिवन कारबास र बाँकीलाई जन्मकैदको सजाय माग गरिएको थियो।

यो मुद्दामा बुधबार र बिहीबार लगातार दुई दिन बहस चलेको थियो। मृतकका बुबा एवम् जाहेरवाला गगन अयडीका तर्फबाट सरकारी वकिलका साथै वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  १० : १७ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक