फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन « Khabarhub

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्।

गृहमन्त्री गुरुङ आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गरेका हुन्। त्यसपछि उनले सर्वसाधारणसँगै लाइनमा बसेर जीवित देवी कुमारीको दर्शन गरेका थिए।

बडादसैँको अवसरमा तलेजु भवानीको पूजा आराधना र कुमारीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा भक्तजनको उपस्थिति रहने गरेको छ।

नेपालीको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा छ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ११ : ०७ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित