मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने « Khabarhub

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति पुगेको छ । बाढीपहिरोका कारण ९१ घर पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार सबैभन्दा बढी क्षति भकिम्लीको चिनाखेत र छेपारेमा भएको छ । पहिरोमा पुरिएर त्यहाँ दुई जनाको मृत्यु भएको छ । विपद्बाट ३३ वटा गोठमा समेत क्षति पुगेको छ ।

असोज ११ गतेको बाढीले बेनी बजार संरक्षणका लागि गणेशटोलस्थित कालीगण्डकी नदी किनारमा निर्माण गरिएको पक्की पर्खाल भत्काएको छ । क्षतिग्रस्त सडक मर्मतका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको ७५ लाख रुपैयाँ अपुग भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग थप एक करोड रुपैयाँ माग गरिएको छ ।

बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेका अनुसार क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन २५ देखि ३० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

चार वर्षको अवधिमा १३ करोड रुपैयाँ खर्चेर निर्माण गरिएका खानेपानी आयोजनामध्ये नौ करोड रुपैयाँ खर्च भएका योजनामा क्षति पुगेको छ । ती संरचना पुनर्निर्माण गर्न पाँच करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सदरमुकाम बेनीमा खानेपानी आपूर्ति गर्ने पाइपलाइन पुनर्निर्माणका लागि प्राविधिकले १४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेका छन् । सदरमुकामबाहिरका बस्तीमा खानेपानीका पाइप मर्मतसम्भार गर्न तत्काल एक करोड रुपैयाँ मूल्य बराबरका पाइप उपलब्ध गराउन प्रदेश सरकारको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनसँग माग गरिएको उपप्रमुख लामिछानेले जानकारी दिए ।

विपद्बाट दुई विद्यालय भवन, दुई शौचालय, एक बालविकास केन्द्र र एक स्वास्थ्यचौकी भवनमा पनि क्षति पुगेको छ । सिङ्गामा रहेको लिफ्ट खानेपानी तथा सिँचाइ आयोजना र रत्नेचौरको लिफ्ट खानेपानी आयोजनामा समेत क्षति भएको छ ।

यसैगरी, पर्यटकीयस्थल सिङ्गा तातोपानी कुण्डमा बाढीपहिरोका कारण दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ११ : ३७ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका