लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत « Khabarhub

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमनको अल अमेरात मैदानमा जारी खेलमा ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले न‍ेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

सम्राले ११७ बलमा १०५ रन बनाए । यस क्रममा उनले ११ चौका र ४ छक्का प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ५६ रन बनायो । क्यानडाका लागि आरोन जोनसनले ३६, हर्ष थाकरले ३४ र हम्जा तारिकले ३० रन बनाए ।

नेपालका ललीत राजवंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट हात पारे ।

अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने एक खेल बढी खेलेको क्यानडा २७ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  २ : ५५ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार