शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा « Khabarhub

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हर्कु शुक्रबार बिहान आफ्नै गाउँमा शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले गएराति स्थानीय पाँच युवालाई नियन्त्रणमा लिएको हो ।

धितुङमा भएको घटना शङ्कास्पद लागेपछि अनुसन्धानका लागि स्थानीय पाँच युवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

“हर्कु राई बिहीबार बेलुकासम्म गाउँमा डुलिरहेको भन्ने खुलेको छ । उनको टाउको लगायत शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ”, उनले भने, “अहिलेसम्म घटनाका बारेमा केही खुलेको छैन । अनुसन्धानका लागि स्थानीय पाँच युवालाई नियन्त्रणमा लिएर हिरासतमा राखेका छौँ ।”

घटनाका विषयमा मृतक हर्कुको आफन्तले आरोपितविरुद्ध किटानी जाहेरी दिएपछि थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ । हर्कुको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल खोटाङ ल्याइएको आफन्तले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ५ : १२ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले