लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित « Khabarhub

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ ।

क्यानडाले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रनको योगदान गरे । ११२ बलको सामना गरेका उनले ४ चौका प्रहार गरे ।

त्यसैगरी, नेपालका दीपेन्द्रसिंह ऐरीले २७, डा. ईसान पाण्डे र गुल्शन झाले समान २१, आसिफ शेखले २० र रोहित पौडेलले १८ रन बनाए ।

यसअघि ओमनको अल अमेरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ५६ रन बनायो । क्यानडाका लागि ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरे । सम्राले ११७ बलमा १०५ रन बनाए । यस क्रममा उनले ११ चौका र ४ छक्का प्रहार गरे ।

आरोन जोनसनले ३६, हर्ष थाकरले ३४ र हम्जा तारिकले ३० रन बनाए ।

नेपालका ललीत राजवंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट हात पारे ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ६ : ४८ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही