एमाले राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा, आज स्थायी कमिटी बैठक बस्दै « Khabarhub

एमाले राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा, आज स्थायी कमिटी बैठक बस्दै


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ – नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारीलाई अन्तिम रूप दिन आज स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा भेलाको व्यवस्थापन, प्रतिनिधिको सहभागिता र आवश्यक तयारीका विषयमा छलफल हुने पार्टी सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

एमालेका अनुसार राष्ट्रिय भेलामा देशभरबाट ३ हजार ५१४ जना प्रतिनिधि सहभागी हुनेछन् । भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका कमिटी पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहनेछ ।

एमालेले राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र सङ्गठन सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ९ : ४७ बजे

एमाले राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा, आज स्थायी कमिटी बैठक बस्दै

 काठमाडौँ – नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते

भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

काठमाडौं – भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग १० महिनापछि सञ्चालन

चितवन– दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दिया– बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने

कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने

काठमाडौं- जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परिरहेको प्रभावलाई सम्बोधन गर्न नेपाल,