पहिलो चौमासिकमा सरकारको बजेट खर्च २३ प्रतिशत « Khabarhub

पहिलो चौमासिकमा सरकारको बजेट खर्च २३ प्रतिशत


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारले कुल बजेटको २३.३७ प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख रुपैयाँ खर्च गरेको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ४२ अर्ब छ करोड ३७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा पहिलो चौमासिकसम्म तीन खर्ब ८४ अर्ब सात करोड रुपैयाँ प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको २३.३९ प्रतिशत हो ।

खर्चतर्फ चालु शीर्षकमा तीन खर्ब ४६ अर्ब ७५ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । यो यस शीर्षकमा विनियोजित बजेटको २७.२९ प्रतिशत हो ।

त्यस्तै, पुँजीगततर्फ ३२ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ अर्थात् विनियोजित बजेटको ७.५३ प्रतिशत मात्रै खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ भने एक खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । यो विनियोजित बजेटको २७.७६ प्रतिशत हो ।

राजस्व सङ्कलनतर्फ सरकारले वार्षिक लक्ष्यको २३.५८ प्रतिशत प्राप्त गरेको छ । यस अवधिमा तीन खर्ब ७२ अर्ब ७१ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै, वैदेशिक अनुदानतर्फ वार्षिक लक्ष्यको १४.५ प्रतिशत अर्थात् आठ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ११ : १७ बजे

पहिलो चौमासिकमा सरकारको बजेट खर्च २३ प्रतिशत

 काठमाडौँ – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारले

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ 

सिन्धुली– कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा

तीन सयको सामान किनेका राम श्रेष्ठले पाए १० लाखको पुरस्कार

काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले ३०० रुपैयाँको सामान

रुसी सैन्य विमानले जापानी हवाई क्षेत्र उल्लङ्घन गरेपछि लडाकु विमान परिचालन

टोकियो– दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन

पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

मोरङ– जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको