कोस्टारिकामा स्वतन्त्र पत्रकारको गोली हानी हत्या « Khabarhub

कोस्टारिकामा स्वतन्त्र पत्रकारको गोली हानी हत्या


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लागूऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्धबारे खोजमूलक समाचार प्रकाशित गर्दै आएका कोस्टारिकाका स्वतन्त्र पत्रकार क्यामिलो रोड्रिगेजको गोली हानी हत्या गरिएको छ ।

राजधानी सान जोसेनजिकैको सान्टो डोमिङ्गो डे हेरेडिया सहरमा सोमबार गाडी चलाइरहेका बेला ५० वर्षीय रोड्रिगेजमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका थिए ।

प्रहरी प्रमुख राउल रिभेराका अनुसार रोड्रिगेजले यसअघि लागूऔषध तस्कर समूहबाट ज्यान मार्ने धम्की पाएका थिए । उनले लागूऔषध कारोबारी र राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिबीच सम्बन्ध रहेको दाबी गर्दै आएका थिए ।

राष्ट्रपति लौरा फर्नान्डिजले पत्रकारको हत्याको निन्दा गर्दै घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात भनेकी छन् । गत वर्ष रोड्रिगेजले आफ्नो घर लागूऔषध तस्करको पैसाबाट बनेको आरोप लगाएपछि राष्ट्रपतिले उनीविरुद्ध मानहानिको मुद्दा दायर गरेकी थिइन् ।

पत्रकार सङ्घले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गर्न माग गरेको छ । महान्यायाधिवक्ता कार्लो डियाजले हत्याबारे अनुसन्धान सुरु भएको जानकारी दिएका छन् । उनका अनुसार रोड्रिगेजले यसअघि साक्षी संरक्षण कार्यक्रममा सहभागी हुन अस्वीकार गरेका थिए ।

पछिल्ला वर्षमा कोस्टारिका लागूऔषध तस्करीको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  १२ : ४३ बजे

नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो

काठमाडौँ– नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अङ्क गत

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

काठमाडौँ– नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट

कोस्टारिकामा स्वतन्त्र पत्रकारको गोली हानी हत्या

एजेन्सी – लागूऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्धबारे खोजमूलक समाचार प्रकाशित

सर्वोच्चका प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयाल इजलासमा फर्किए

काठमाडौँ –  इनम सापकोटाको ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि केही समय इजलासमा

राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा धेरै कर तिर्ने कम्पनी