नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो « Khabarhub

नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अङ्क गत वर्षको तुलनामा वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा नेपालको अंक गत वर्षको ३.४७ बाट ०.१९ अंकले वृद्धि भई यस वर्ष ३.६६ पुगेको हो । 

फिचको मूल्यांकन प्रणालीमा ‘बिबी–’ (डलब बी माइनस) रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अंक आवश्यक पर्ने व्यवस्था छ । गत वर्ष नेपालको एसआरएम अंक न्यूनतम सीमाभन्दा कम रहेकाले गुणात्मक मूल्यांकनका आधारमा एक तह थप गरी ‘बिबी–’ रेटिङ प्रदान गरिएको थियो ।

 तर, यस वर्ष नेपालले कुनै अतिरिक्त ग्रेस अंक वा सहुलियतबिना आफ्नै मूल्यांकन अंकका आधारमा ‘बिबी–’ रेटिङ प्राप्त गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

फिच रेटिङले नेपालको सार्वभौम क्रेडिट रेटिङ लगातार तेस्रो वर्ष स्थीर अर्थात् ‘डबल बी माइनस’ मा कायम राखेको छ ।

हालै रसुवा, बूढीगण्डकीलगायत क्षेत्रमा गएको विनाशकारी बाढीबाट उत्पन्न प्रतिकूल परिस्थितिका बावजुत नेपालको क्रेडिट रेटिङ अङ्कमा वृद्धि हुनु महत्वपूर्ण उपलब्धि भएको अर्थ मन्त्रालयको भनाइ छ । 

सरकारले अघि बढाएका सुशासनसम्बन्धी कदम तथा समग्र आर्थिक सुधारका कार्यक्रमले नेपालको सार्वभौम क्रेडिट रेटिङमा सकारात्मक प्रभाव पारेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

सार्वभौम क्रेडिट रेटिङले कुनै देशको आर्थिक अवस्था, वित्तीय स्थायित्व तथा ऋण दायित्व पूरा गर्न सक्ने क्षमताको मूल्यांकन गर्दछ । यसले अन्तर्राष्ट्रिय वित्तीय बजारमा मुलुकको विश्वसनीयता, वैदेशिक लगानीको वातावरण तथा बाह्य ऋण प्राप्त गर्ने क्षमताको आकलन गर्न महत्वपूर्ण आधार प्रदान गर्दछ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  १२ : ५२ बजे

नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो

काठमाडौँ– नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अङ्क गत

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

काठमाडौँ– नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट

कोस्टारिकामा स्वतन्त्र पत्रकारको गोली हानी हत्या

एजेन्सी – लागूऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्धबारे खोजमूलक समाचार प्रकाशित

सर्वोच्चका प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयाल इजलासमा फर्किए

काठमाडौँ –  इनम सापकोटाको ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि केही समय इजलासमा

राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा धेरै कर तिर्ने कम्पनी