कर तिर्नु असल नागरिकको पहिचान « Khabarhub

कर तिर्नु असल नागरिकको पहिचान


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– उद्योग वाणिज्य सङ्घ, दाङका  अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताएका छन् । 

उनले पन्ध्रौँ राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा  तुलसीपुरमा आज आयोजित सभामा धारणा राख्दै नागरिकबाट प्राप्त करले नै मुलुकको समृद्धि हुने जानकारी दिए ।  

आज आन्तरिक राजश्व कार्यालय, तुलसीपुरले १५औँ राष्ट्रिय कर दिवसका अवसरमा सचेतनाका लागि प्रभातफेरि कार्यक्रम गरी सम्पन्न गरेको छ । 

यहाँस्थित त्रिसिदेश्वरी मन्दिरको धर्मशालामा रहेको कार्यालय प्राङ्गणबाट सुरु भएको प्रभातफेरिले तुलसीपुर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको हो । 

कार्यक्रममा बोल्ने अन्य सहभागीले कर तिर्ने संस्कृतिको विकास र कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए । 

सो अवसरमा कर अधिकृत उपेन्द पुनले कर प्रशासनले करदाताको हितमा काम गर्ने  बताए । 

उनले करबाट नै देश विकास हुने भएकाले सबै उद्योगी, व्यवसायी, व्यापारीलाई राज्यले तोकेको मापदण्डअनुसार समयमै कर भुक्तानी गर्न अनुरोध गरे ।  

सो अवसरमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधिको सहभागिता थियो । 

कार्यालयले  मङ्सिर ७ गते विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट करदाता सम्मान गरी कर सप्ताह समापन गर्ने  जनाएको छ । 

लुम्बिनी प्रदेशका दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान र कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुम कार्यक्षेत्र रहेको यस कार्यालयका करिब एकलाख करदाता छन् ।
 

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  २ : ०९ बजे

एमालेको स्थायी कमिटी बैठक सुरू (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा

नेपालमा फिल्म छायांकन गर्दा झन्डै ज्यान गुमाएका अमिताभ बच्चन, सुनाए डरलाग्दो घटना

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चनले नेपालमा फिल्मको छायांकनका क्रममा आफूले

कर तिर्नु असल नागरिकको पहिचान

दाङ– उद्योग वाणिज्य सङ्घ, दाङका  अध्यक्ष विनील केसीले कर तिर्नु

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा, अब जथाभाबी पशु बध गर्न र मासु बेच्न नपाइने

काठमाडौँ– उपत्यकाका तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच