नेता कार्यकर्तालाई ओलीको निर्देशन : आन्दोलनका लागि तयार रहनू « Khabarhub

नेता कार्यकर्तालाई ओलीको निर्देशन : आन्दोलनका लागि तयार रहनू


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै आन्दोलनको मानसिकताका साथ तयार रहन निर्देशन दिएका हुन् । उनले आन्दोलन सधैँ लामो तयारी गरेर मात्रै नहुने भएकाले असह्य भएपछि आन्दोलन तत्काल हुनसक्ने उल्लेख गरे  ।

आतंकपूर्ण वातावरण र कृयाकलापले आफूहरू पछाडि धकेलिएको भए पनि, त्यस्तो आतंक सधैँ कायम नरहने र आत्मविश्वास तथा मनोबलकासाथ अगाडि बढ्ने उनले बताए । अध्यक्ष ओलीले चुनावको माध्यमबाट पार्टी बनाउन खोज्नेहरूका विरुद्ध पार्टी लिएर आगामी चुनावमा जित्न जाने उल्लेख गरे । 

त्यस्तै उनले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति असन्तुष्टि व्यक्त गरे । अघिपछि हतारिएर फैसला गर्ने अदालतले प्रतिनिधिसभा बिघटनको मुद्दामा अहिलेसम्म फैसला गर्न नसकेको उनको भनाइ छ । 

ओलीले समयमा न्याय प्राप्त नहुनु र ढिला प्राप्त हुनु भनेको न्याय प्राप्त नहुनुजस्तै भएपनि अदालतका बिषयमा थप नबोल्ने धारणा राखे । अदालतका बारे धेरै बोल्दा आफुमाथि मानहानीको मुद्दा थपिन सक्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले जुनसुकै परिस्थिति आए पनि पार्टी फेरि उठ्ने, पुनर्गठन हुने र अगाडि बढ्ने दृढता व्यक्त गरे । आगामी दिनमा जनताको घरदैलोमा पुग्ने, किसान र जनतासँग संवाद गर्ने तथा पार्टीलाई अझ बढी सशक्त बनाएर देशको निर्णायक राजनीतिक तथा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने काममा जुट्न उहाले निर्देशन दिए । 

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  २ : ३८ बजे

नेता कार्यकर्तालाई ओलीको निर्देशन : आन्दोलनका लागि तयार रहनू

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न

एमालेको स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा

नेपालमा फिल्म छायांकन गर्दा झन्डै ज्यान गुमाएका अमिताभ बच्चन, सुनाए डरलाग्दो घटना

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चनले नेपालमा फिल्मको छायांकनका क्रममा आफूले

कर तिर्नु असल नागरिकको पहिचान

दाङ– उद्योग वाणिज्य सङ्घ, दाङका  अध्यक्ष विनील केसीले कर तिर्नु

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा, अब जथाभाबी पशु बध गर्न र मासु बेच्न नपाइने

काठमाडौँ– उपत्यकाका तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच