मोडिफाइड बाइकलाई १५ हजार जरिवाना « Khabarhub

मोडिफाइड बाइकलाई १५ हजार जरिवाना

चर्को आवाज निकाल्ने ४०५ वटा समातिए


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका मोटरसाइकलविरुद्ध काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाही अभियान तीव्र बनाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले ४०५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

मोटरसाइकलमा कम्पनीले जडान गरेको साइलेन्सर परिवर्तन गर्ने, डिबी किलर निकालेर ठूलो आवाज निकाल्ने तथा सिट, रङ, ह्यान्डल र लाइटिङ सिस्टम परिवर्तन गरी चलाउने गरेको पाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार चर्को आवाजमा मोटरसाइकल चलाउँदा विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई प्रत्यक्ष असर पर्ने गरेको छ। यसले विद्यार्थीको पढाइमा बाधा पुर्‍याउनुका साथै शान्त वातावरणमा समेत असर गर्ने गरेको छ ।

त्यस्तै, सवारीसाधनको स्वरूप परिवर्तन गर्दा यसको यान्त्रिक संरचनामा समेत असर पर्ने र दुर्घटनाको जोखिम बढ्ने प्रहरीको भनाइ छ । यसले चालक स्वयंका साथै सडकमा हिँड्ने अन्य सर्वसाधारणलाई समेत जोखिममा पार्ने भएकाले अभियान सञ्चालन गरिएको सुवेदीले बताए ।

उनका अनुसार नागरिकबाट प्राप्त गुनासोलाई सम्बोधन गर्दै ध्वनि प्रदूषण नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो । यसका लागि ट्राफिक प्रहरीले विभिन्न सडकमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कारबाहीलाई पनि तीव्रता दिएको छ ।

प्रहरीले वातावरण विभागसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक परीक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमनलाई समेत प्रभावकारी बनाउने जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ ले अनुमति नलिई सवारीसाधनको स्वरूप परिवर्तन गर्न निषेध गरेको छ। स्वरूप परिवर्तन गर्न आवश्यक भए अधिकारप्राप्त अधिकारीबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

त्यस्तै, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९४ अनुसार अनुमति नलिई सवारीसाधनको स्वरूप परिवर्तन गरी सञ्चालन गरेमा ७ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको सुवेदीले बताए ।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  २ : ५४ बजे

मोडिफाइड बाइकलाई १५ हजार जरिवाना

काठमाडौं– चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका

नेता कार्यकर्तालाई ओलीको निर्देशन : आन्दोलनका लागि तयार रहनू

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न

एमालेको स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा

नेपालमा फिल्म छायांकन गर्दा झन्डै ज्यान गुमाएका अमिताभ बच्चन, सुनाए डरलाग्दो घटना

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चनले नेपालमा फिल्मको छायांकनका क्रममा आफूले

कर तिर्नु असल नागरिकको पहिचान

दाङ– उद्योग वाणिज्य सङ्घ, दाङका  अध्यक्ष विनील केसीले कर तिर्नु