‘माग अनुसार उत्पादन नहुँदा कफीको आयात निरन्तर बढिरहेको छ’ « Khabarhub

‘माग अनुसार उत्पादन नहुँदा कफीको आयात निरन्तर बढिरहेको छ’


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले माग अनुसार उत्पादन वृद्धि नहुँदा विगत केही वर्षदेखि कफीको आयात निरन्तर बढिरहेको जनाएको छ ।

२२ औँ राष्ट्रिय कफी दिवसका अवसरमा मंगलबार काठमाडौंको कीर्तिपुरमा मूल समारोहको आयोजना गर्दै बोर्डले स्वदेशी तथा विदेशी बजारमा नेपाली कफीको बढ्दो मागकाबीच माग अनुसार उत्पादन वृद्धि नहुँदा विगत केही वर्षदेखि कफीको आयात निरन्तर बढिरहेको जनाएको हो ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालमा ७९० मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको तथ्याङ्क छ । त्यस्तै सोही आर्थिक वर्षमा १९ करोड ४७ लाख बराबरको २५९ मेट्रिक टन कफी नेपालमा आयात हुँदा १४ करोड ४९ लाख रुपैयाँ बराबरको ७० दशमलव ९ मे.टन मात्रै कफी निर्यात भएको बोर्डले जानकारी दिएको छ । 

आगामी दिनमा व्यावसायिक कफी उत्पादन बढाउन प्रमुखताका साथ युवा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको बोर्डको भनाइ छ ।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा राजेन्द्र प्रसाद मिश्रले सरकारले चिया तथा कफी क्षेत्रलाई प्राथमिकता राखेको भन्दै चिया कफी बोर्डलाई आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए । 

नयाँ क्षेत्रमा कफी विस्तार गर्दा पहिलो वर्ष डेमोस्ट्रेशन प्लटहरू बनाउने र त्यसबाट फल्ने वा नफल्ने तथा किसानमा आत्मविश्वास विकास गर्ने हिसाबले काम अगाडि बढाइने उनले बताए । 

विगतका वर्षहरूमा कफी दिवसकै अवसर पारेर कच्चा कफीको मूल्य सार्वजनिक गरी कार्यान्वयनमा ल्याइँदै आएकोमा यस वर्ष प्राविधिक र प्रक्रियागत विषयवस्तु टुंग्याउन बाँकी रहेको कच्चा कफीको मूल्य सार्वजनिक गर्न नसकिएको बोर्डले जनाएको छ । 

‘उत्पादनमा वृद्धि, गुणस्तरमा सुधार, नेपाली कफीको विश्व बजारमा विस्तार’ भन्ने नाराका साथ राष्ट्रिय कफी दिवस मनाइएको हो । 

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ३ : १५ बजे

ड्यानियल क्रेगपछि जेम्स बोन्डको जिम्मेवारी रोबर्ट प्याटिन्सनलाई, ००७ को नयाँ अवतारमा देखिने

काठमाडौं– चर्चित जासुसी पात्र जेम्स बोन्ड अब नयाँ अनुहारसहित पर्दामा

‘माग अनुसार उत्पादन नहुँदा कफीको आयात निरन्तर बढिरहेको छ’

काठमाडौं– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले माग अनुसार उत्पादन

मोडिफाइड बाइकलाई १५ हजार जरिवाना

काठमाडौं– चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका

नेता कार्यकर्तालाई ओलीको निर्देशन : आन्दोलनका लागि तयार रहनू

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न

एमालेको स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा