एनपीएल पहिलो क्वालिफायर : रोहित र दीपेन्द्रको कडा टक्कर, कसले मार्ला बाजी ? « Khabarhub

एनपीएल पहिलो क्वालिफायर : रोहित र दीपेन्द्रको कडा टक्कर, कसले मार्ला बाजी ?

विजेता सिधै फाइनलमा


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफाइर अहिले हुँदैछ। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने पहिलो क्वालिफायरमा शीर्ष स्थानको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्स फाइनल प्रवेशका लागि भिड्दैछन्। यस खेलमा विजयी हुने टोली सिधै शनिबार हुने फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

मैदानको यो भिडन्तसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल र टी-२० टिम कप्तान दीपेन्द्रसिंह ऐरीको व्यक्तिगत प्रदर्शन र कप्तानीको पनि कडा परीक्षा हुँदैछ। एनपीएल करिअरको तथ्यांक हेर्दा लुम्बिनीका कप्तान रोहित र सुदूरपश्चिमका कप्तान दीपेन्द्रबीच रोचक प्रतिस्पर्धा देखिन्छ।

एनपीएल इतिहासमा रोहितले २३ खेल खेल्दै ३१.१९ को औसतमा ६ सय ५५ रन बनाएका छन्। उनको स्ट्राइक रेट ११३.९ छ भने उच्च स्कोर ९५ रन रहेको छ। यद्यपि, जारी तेस्रो संस्करणको लिग चरणमा भने रोहितको ब्याटबाट अपेक्षित रन निस्कन सकेको छैन। टोलीले शीर्ष स्थान हासिल गरे पनि ब्याटिङमा उनलाई डार्सी सर्ट र आसिफ शेखले साथ दिइरहेका छन्।

अर्कोतर्फ, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले एनपीएल करिअरका २४ खेलमा २९.९४ को औसतले ५ सय ३९ रन जोडेका छन्। रन संख्यामा रोहित केही अगाडि देखिए पनि आक्रामक ब्याटिङमा दीपेन्द्र अगाडि छन्। उनको स्ट्राइक रेट १३४.४ छ भने उच्च स्कोर ६० रन रहेको छ।

दीपेन्द्रले लिग चरणको अन्तिम खेलमा काठमान्डुविरुद्ध ६० रनको कप्तानी इनिङ्स खेल्दै टोलीलाई दोस्रो स्थानमा पुर्‍याउन निर्णायक भूमिका निर्वाह गरेका थिए। ब्याटिङसँगै बलिङ र फिल्डिङमा पनि खेल बदल्न सक्ने क्षमता दीपेन्द्रको मुख्य हतियार हो।

हेड टु हेडको नतिजामा लुम्बिनी हाबी देखिएको छ। चार भेटमा दुवैले समान दुई खेल जिते पनि पछिल्ला दुई खेलमा लुम्बिनी विजयी भएको छ। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएर उपाधि जितेको लुम्बिनीले जारी सिजनको उद्घाटन खेलमा पनि सुदूरपश्चिमलाई ८७ रनमा समेट्दै ७ विकेटको सहज जित निकालेको थियो।

मंगलबार जित निकाले लुम्बिनीले सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक पूरा गर्नेछ। उता, पछिल्ला पाँचमध्ये चार खेल जित्दै उच्च लयमा रहेको सुदूरपश्चिम अघिल्ला हारको बदला लिँदै सिधै फाइनल पुग्ने दाउमा छ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ४ : १५ बजे

एमालेले राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने

काठमाडौं– नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा

धोनीले लिए आईपीएलबाट सन्न्यास : चेन्नई सुपर किंग्सको मेन्टर नियुक्त

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले १९ वर्ष लामो

अध्यक्ष दाहालसँग फ्रान्स-नेपाल संसदीयमैत्री सामूहिक भेट

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका फ्रान्सको संसदीय प्रतिनिधि

एनपीएल पहिलो क्वालिफायर : रोहित र दीपेन्द्रको कडा टक्कर, कसले मार्ला बाजी ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो

नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा