अध्यक्ष दाहालसँग फ्रान्स-नेपाल संसदीयमैत्री सामूहिक भेट « Khabarhub

अध्यक्ष दाहालसँग फ्रान्स-नेपाल संसदीयमैत्री सामूहिक भेट


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका फ्रान्सको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । 

अध्यक्ष दाहालको कार्यकक्ष, सिंहदरबारस्थित फ्रान्सेली संसद्को तल्लो सदन अन्तर्गतको फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष म्याडम बेआट्रिस पिरोन नेतृत्वको टोलीले शिष्टाचार भेट गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको हो । 

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसीहित र संसदीय सहकार्यका विषयमा कुराकानी भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले संसदीयमैत्री समूहको भ्रमणले द्विपक्षीय तथा संसदीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

नेपाल–फ्रान्स संसदीय सम्बन्ध विस्तारका लागि सङ्घीय संसद्को तर्फबाट आठ सदस्यीय नेपाल–फ्रान्स संसदीयमैत्री समूह गठन गरिएको जानकारी गराउँदै अध्यक्ष दाहालले दुई देशका संसद्को सहकार्य र अनुभव आदानप्रदानले कूटनीतिक सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । 

गत भदौको विनाशकारी बाढीपछि फ्रान्सेली राष्ट्रपतिको समवेदना सन्देश, फ्रान्सको ऐक्यबद्धता तथा युरोपेली सङघमार्फत उपलब्ध गराइएको मानवीय सहायताप्रति अध्यक्ष दाहालले आभार व्यक्त गरे ।  

उनले बाढीमा बेपत्ता भएका चार फ्रान्सेली नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा फ्रान्सेली सरकारले गरेको सहयोगको प्रशंसा गरे। 

सो अवसरमा फ्रान्स–नेपाल संसदीयमैत्री समूहकी अध्यक्ष म्याडम बेआट्रिस पिरोनले आफू पहिलोपटक नेपाल भ्रमणमा आएको उल्लेख गर्दै आफू यहाँको वातावरणले निकै प्रभावित भएको बताइन् । 

आफूहरूले फ्रान्सको संसद्बाट फ्रान्स–नेपाल संसदीयमैत्री समूह पहिले नै गठन गरिसकेको उल्लेख गर्दै अध्यक्ष पिरोनले मैत्री समूहमार्फत संसदीय अभ्यास आदानप्रदान बढाउनुपर्नेमा जोड दिइन् ।
 

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ४ : २४ बजे

एमालेले राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने

काठमाडौं– नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा

धोनीले लिए आईपीएलबाट सन्न्यास : चेन्नई सुपर किंग्सको मेन्टर नियुक्त

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले १९ वर्ष लामो

अध्यक्ष दाहालसँग फ्रान्स-नेपाल संसदीयमैत्री सामूहिक भेट

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका फ्रान्सको संसदीय प्रतिनिधि

एनपीएल पहिलो क्वालिफायर : रोहित र दीपेन्द्रको कडा टक्कर, कसले मार्ला बाजी ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो

नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा