एमालेले राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने « Khabarhub

एमालेले राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ ।  

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको र भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालिन गर्ने विषयमा केन्द्रित गर्ने निर्णय भएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

भेलामा अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामहरूको विषयमा कार्यपत्र प्रस्तुत गर्ने र वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने उनले जानकारी दिए ।

बैठकले मंसिर ५ गतेलाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर ४ गतेलाई सार्ने निर्णय गरेको उपमहासचिव भट्टले बताए । 

बुधबारबाट सुरु हुने राष्ट्रिय भेलामा ३४ सय १४ जना सहभागी हुने एमालेले जनाएको छ । 
 

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ४ : २७ बजे

एमालेले राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने

काठमाडौं– नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा

धोनीले लिए आईपीएलबाट सन्न्यास : चेन्नई सुपर किंग्सको मेन्टर नियुक्त

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले १९ वर्ष लामो

अध्यक्ष दाहालसँग फ्रान्स-नेपाल संसदीयमैत्री सामूहिक भेट

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका फ्रान्सको संसदीय प्रतिनिधि

एनपीएल पहिलो क्वालिफायर : रोहित र दीपेन्द्रको कडा टक्कर, कसले मार्ला बाजी ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो

नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा