जग्गाको कित्ताकाटसँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा « Khabarhub

जग्गाको कित्ताकाटसँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिको जग्गाको कित्ताकाट खुला भएसँगै घरजग्गाको कारोबार चलायमान हुने अपेक्षा गरिएको छ । 

भूउपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि जग्गाको कित्ताकाटसम्बन्धी काम अघि बढाउन बाटो खुलेको हो । 

महानगरपालिकाले १९ वटै वडाको भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनका लागि नापी कार्यालय, विराटनगरमा पठाइसकेको छ ।

त्यससँगै लामो समयदेखि रोकिँदै आएको कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको महानगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाको कार्यालयले यही कात्तिक २७ गते नापी कार्यालयलाई पत्र पठाउँदै भूउपयोग क्षेत्र वर्गीकरणको विवरण तथा प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको हो । 

नगर कार्यपालिकाको गत असोज २३ गतेको निर्णयअनुसार भूउपयोग परिषद्बाट स्वीकृत आधार तथा मापदण्डका आधारमा तयार पारिएको विवरण नापी कार्यालयमा पठाइएको हो ।

महानगरपालिकाले वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदनसँगै १९ वटै वडाको विवरण समेटिएको विद्युतीय तथ्याङ्क फाइल र तथ्याङ्क भण्डारण प्रणालीसम्बन्धी आवश्यक कागजातसमेत नापी तथा भूमि प्रशासन कार्यालयमा उपलब्ध गराएको छ । 

भूउपयोग वर्गीकरणको विवरण आधिकारिक रूपमा सम्बन्धित कार्यालयमा पुगेपछि लामो समयदेखि कित्ताकाटको प्रतीक्षामा रहेका जग्गाधनीलाई राहत मिल्ने अपेक्षा गरिएको छ । 

कित्ताकाट रोकिँदा प्रभावित हुँदै आएको जग्गा किनबेच, अंशबन्डा, जग्गा छुट्याउने तथा अन्य घरजग्गासम्बन्धी कामको सहजतासगैँ घरजग्गाको कारोबारले गति लिने विश्वास गरिएको छ ।

एक महिनाभित्रै भू–सेवा सञ्चालन गर्ने लक्ष्य

कित्ताकाट खुलाउने प्रक्रियासँगै महानगरपालिकाले जग्गासम्बन्धी सेवालाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारीसमेत अघि बढाएको छ । महानगर प्रमुख नागेश कोइरालाले आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक तयारी गरिएको जानकारी दिए ।

प्रमुख कोइरालाका अनुसार भू–सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी प्रशासनिक कामलाई थप व्यवस्थित, पारदर्शी र छिटोछरितो बनाउन सहयोग पुग्नेछ । जिल्लामा रहँदा सेवाग्राहीले अनावश्यक झन्झट र समय खर्च गर्नुपर्ने अवस्था अन्त्य भई प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह चुस्त तुल्याउने महानगरको योजना रहेको उनले बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भू–सेवा सञ्चालनको तयारी प्रारम्भिक चरणमा रहेको र त्यसका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक काम अघि बढाइएको बताए ।

उनका अनुसार भू–सेवा प्रणाली सञ्चालनमा आएपछि जग्गासम्बन्धी विवरण व्यवस्थापन, सेवा प्रवाह र प्रशासनिक प्रक्रियामा सहजता आउने विश्वास गरिएको छ ।

घरजग्गा कारोबारले गति लिने अपेक्षा

विराटनगरका १९ वटै वडाको भूउपयोग वर्गीकरण पूरा हुनु र कित्ताकाटको प्रक्रिया खुल्नु महानगर क्षेत्रको घरजग्गा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कित्ताकाट रोकिँदा जग्गा किनबेच, जग्गा विभाजन तथा अन्य कानुनी प्रक्रियामा समस्या झेल्दै आएका जग्गाधनीलाई यसले राहत दिने महानगरका सूचना अधिकारी अर्जुन थपलियाले बताए ।
 

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ४ : ४२ बजे

कर्मचारी गिरीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार

जग्गाको कित्ताकाटसँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

विराटनगर– विराटनगर महानगरपालिको जग्गाको कित्ताकाट खुला भएसँगै घरजग्गाको कारोबार चलायमान

पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले फिल्ड रोज्यो, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स

एमालेले राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने

काठमाडौं– नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा

धोनीले लिए आईपीएलबाट सन्न्यास : चेन्नई सुपर किंग्सको मेन्टर नियुक्त

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले १९ वर्ष लामो