बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते « Khabarhub

बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा मंगलबार दिउँसो यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दिउँसो करिब २ बजे जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अँधेरी खोलाको बगरमा खसेको हो। दुर्घटनामा गाडीमा सवार सबै १४ जना घाइते भएका छन्।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ। घाइतेमध्ये ९ जनाको पहिचान खुलेको छ भने बाँकी ५ जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

पहिचान खुल्ने घाइतेहरूमा चालक धनुषाको सहिदनगर नगरपालिका–८ का दीपककुमार दास, सहिदनगर–७ की १७ वर्षीया रानीकुमारी मण्डल तथा सहिदनगर–२ का १४ वर्षीय पीयूष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन्। त्यसैगरी, ललितपुरको भैँसेपाटी बस्ने ३६ वर्षीया प्रियंका साह र उनका तीन छोरी १६ वर्षीया जेनी, ११ वर्षीया सफलता र ३ वर्षीया ओमी साह पनि घाइते भएका छन्।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली खटिएर उद्धार गरेको थियो। घाइतेहरूको थप विवरण संकलन र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ४ : ५८ बजे

बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

काठमाडाैँ – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा मंगलबार दिउँसो

कर्मचारी गिरीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार

जग्गाको कित्ताकाटसँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

विराटनगर– विराटनगर महानगरपालिको जग्गाको कित्ताकाट खुला भएसँगै घरजग्गाको कारोबार चलायमान

पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले फिल्ड रोज्यो, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स

एमालेले राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने

काठमाडौं– नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा