सुदूरपश्चिमले गुमायो पाचौँ विकेट, शेरको बलमा थरिन्दु बोल्ड « Khabarhub

सुदूरपश्चिमले गुमायो पाचौँ विकेट, शेरको बलमा थरिन्दु बोल्ड


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस हारेर सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा सुदूरपश्चिमले पाचौँ विकेट गुमाएको छ । खेलको १५ ओभर १ बलमा सुदूरपश्चिमका थरिन्दु रत्नायके आउट भए । शेर मल्लको बलमा बोल्ड हुनुअघि उनले ५ बलमा १ रन बनाए ।

लुम्बिनी लिगमा शीर्ष स्थान र सुदूरपश्चिम दोस्रो हुँदै क्वालिफायर प्रवेश गरेका हुन् । लिग चरणमा लुम्बिनीले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो ।

लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लिग चरणमा लुम्बिनीले सात खेलबाट ११ अंक जोड्यो ।

यता, सुदूरपश्चिमले भने ५ मा जित हासिल गरेको थियो भने दुई खेलमा पराजित भएको थियो । ७ खेलबाट सुदूरपश्चिमले १० अंक जोड्यो ।

आजका विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टिमले फाइनल प्रवेशका लागि भोलि हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ६ : १८ बजे

भिनिसियसको ह्याट्रिकमा ब्राजिल ७-० ले विजयी

सिंगापुर – स्टार फरवार्ड भिनिसियस जुनियरले २१ मिनेटभित्रै ह्याट्रिक पूरा

सुदूरपश्चिमले गुमायो पाचौँ विकेट, शेरको बलमा थरिन्दु बोल्ड

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

सुदूरपश्चिमले गुमायो चौथो विकेट, डा. ईशान पाण्डे रनआउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

सिंगापुरको निर्यातमा उछाल, अक्टोबरमा ७९.८ प्रतिशतले बढ्यो

सिंगापुर- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको माग निरन्तर बढेसँगै सिंगापुरको

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीकी छोरीलाई पाकिस्तानको छात्रवृत्ति

काठमाडौँ– भोटेकोशी बाढीमा परेर बेपत्ता पत्रकार टेकराज थामीकी छोरीलाई पाकिस्तान