भिनिसियसको ह्याट्रिकमा ब्राजिल ७-० ले विजयी « Khabarhub

भिनिसियसको ह्याट्रिकमा ब्राजिल ७-० ले विजयी


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिंगापुर – स्टार फरवार्ड भिनिसियस जुनियरले २१ मिनेटभित्रै ह्याट्रिक पूरा गरेपछि ब्राजिलले मंगलबार साँझ सिंगापुरमाथि ७–० को एकतर्फी जित हासिल गरेको छ।

नेसनल स्टेडियममा भएको मिजुहो ब्लु च्यालेन्जअन्तर्गतको मैत्रीपूर्ण खेलमा ब्राजिलले सुरुवातदेखि नै घरेलु टोलीमाथि पूर्ण दबाब बनाएको थियो।

खेलको नवौँ मिनेटमा सिंगापुरका खेलाडीले आफ्नै क्षेत्रबाहिर बल गुमाएपछि ब्रुनो गुइमारेसको पासमा भिनिसियसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

त्यसको पाँच मिनेटपछि नै एन्ड्रिकको पासमा सहज ट्याप–इन गोल गर्दै उनले टोलीको अग्रता दोब्बर पारे। खेलको २१ औँ मिनेटमा इस्टेभाओ विलियनको पासमा अर्को गोल थप्दै भिनिसियसले आफ्नो ह्याट्रिक पूरा गरे।

पहिलो हाफको ३१ औँ मिनेटमा एन्ड्रिकले पेनाल्टी बक्सको छेउबाट करिब २० यार्ड टाढाबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि ब्राजिल पहिलो हाफमै ४–० ले अघि बढ्यो।

दोस्रो हाफमा पनि ब्राजिलले आक्रामक खेललाई निरन्तरता दियो। खेलको ५१ औँ मिनेटमा इस्टेभाओ र ६५ औँ मिनेटमा रायानले गोल गर्दै स्कोर ६–० पुर्‍याए। खेल सकिन १५ मिनेट बाँकी छँदा सिंगापुरका राउल सुहाइमीले आत्मघाती गोल गरेपछि ब्राजिलले ७–० को फराकिलो जित पक्का गर्‍यो।

खेल अवधिभर ब्राजिलका तीनवटा गोल अमान्य घोषित भएका थिए भने दुई प्रहार पोस्टमा लागेर फर्किएका थिए। अन्यथा ब्राजिलको जितको अन्तर अझ फराकिलो हुने थियो।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ६ : २३ बजे

धार्चेमा डेढ महिनापछि विद्युत् र सञ्चार सेवा सुचारु

गोरखा– धार्चेका ६०० घरधुरीमा झण्डै डेढ महिनापछि विद्युत् र सञ्चार सेवा

भिनिसियसको ह्याट्रिकमा ब्राजिल ७-० ले विजयी

सिंगापुर – स्टार फरवार्ड भिनिसियस जुनियरले २१ मिनेटभित्रै ह्याट्रिक पूरा

सुदूरपश्चिमले गुमायो पाचौँ विकेट, शेरको बलमा थरिन्दु बोल्ड

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

सुदूरपश्चिमले गुमायो चौथो विकेट, डा. ईशान पाण्डे रनआउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

सिंगापुरको निर्यातमा उछाल, अक्टोबरमा ७९.८ प्रतिशतले बढ्यो

सिंगापुर- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको माग निरन्तर बढेसँगै सिंगापुरको