लुम्बिनीले गुमायो दोस्रो विकेट « Khabarhub

लुम्बिनीले गुमायो दोस्रो विकेट


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले लुम्बिनीसामु १ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जवाफी ब्याटिङ गरिरहेको लुम्बिनीले दोस्रो विकेट गुमाएको छ । खेलमा ३ ओभर २ बलमा लुम्बिनीका आशिफ शेख आउट भए । हेमन्त धामीको बलमा उनी दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका हुन् । आउट हुनुअघि उनले ८ बलमा ४ रन बनाए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलाम टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनायो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । ५१ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे ।

त्यसैगरी, सुदूरपश्चिमका डा. ईशान पाण्डेले ३३ बलमा २७ रन बनाए । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए भने किशोर महतो र अभिशेष गौतमले समान १ विकेट लिए ।

लुम्बिनी लिगमा शीर्ष स्थान र सुदूरपश्चिम दोस्रो हुँदै क्वालिफायर प्रवेश गरेका हुन् । लिग चरणमा लुम्बिनीले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो ।

लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लिग चरणमा लुम्बिनीले सात खेलबाट ११ अंक जोड्यो ।

यता, सुदूरपश्चिमले भने ५ मा जित हासिल गरेको थियो भने दुई खेलमा पराजित भएको थियो । ७ खेलबाट सुदूरपश्चिमले १० अंक जोड्यो ।

आजका विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टिमले फाइनल प्रवेशका लागि भोलि हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ७ : १८ बजे

लुम्बिनीले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

लुम्बिनी र सुदूरपश्चिमको खेल हेर्न मैदानमा पुगेका समर्थक (तस्बिरहरू)

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र

रन नजोड्दै लुम्बिनीले गुमायो पहिलो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

सर्वोच्चको आदेशसँगै पशुपति धर्मशाला खाली गराउने बाटो खुल्यो, मारवाडी समितिको मोही दाबी अस्वीकृत

काठमाडौँ – सर्वोच्च अदालतले मारवाडी सेवा समितिले कब्जा गरी व्यावसायिक

एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १ सय ६ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम