मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन « Khabarhub

मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रदेश सरकारअन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन गरेकी छन् ।

मन्त्री मेहताले बुधबार जनकपुरधामस्थित मधेश विज्ञान प्रतिष्ठान अन्तर्गतका विभिन्न निकाय, रक्तसञ्चार सेवा केन्द्र तथा औषधि आपूर्ति कार्यालयको अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा उनले सम्बन्धित निकायको व्यवस्थापन, सञ्चालन अवस्था तथा सेवा प्रवाहबारे जानकारी लिएकी थिइन् । साथै, विभिन्न निकायमा देखिएका व्यवस्थापकीय कमजोरी र सेवा प्रवाहका समस्याबारे चासो व्यक्त गर्दै सुधारका लागि आवश्यक सुझावसमेत दिइन् ।

स्वास्थ्य सेवालाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन सम्बन्धित पक्षसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै देखिएका समस्याको समाधानका लागि निरन्तर पहल गर्ने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गरिन् । उनले अनुगमनका क्रममा स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउन व्यवस्थापकीय सुधार तथा आवश्यक समन्वयमा जोड दिइन्।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  १० : २५ बजे

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप

मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

जनकपुर – मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री

इरानद्वारा बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान – इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

बाँके – प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

काठमाडौं – सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत